Back

चुनाव र सामाजिक संजाल

सामाजिक संजालहरु प्रचलनमा आएको धेरै भै सकेको छ, यूरोपियन युनियनको जनमतसंग्रह र अमेरिकी राष्ट्रपतिको निर्वाचन हुनु भन्दा पहिलेनै सामाजिक संजालको पकड विश्व जनसमुदायको माझ ब्याप्त थियो। यसको प्रभाव स्पष्ट रुपमा बेलायतले यूरोपियन युनियन छाड्नेकि नछाड्ने भन्ने र अमेरिकीहरुले हिलारी र ट्रम्प बीच कसलाई छान्ने भन्ने निर्णयमा देखिएको थियो।

नेपालमा पनि चुनावी चहलपहल सुरु भैसकेको अवस्था छ, र यसका साथै राजनीतिक दलहरु र तीनका समर्थकले सामाजिक संजाललाई सकेसम्म प्रयोगमा ल्याउने छन् भन्ने कुरा स्पष्ट भैसकेको छ। फेसबुक प्रयोगकर्ताको संख्या नेपालमा बढ्दो छ, हाम्रो पुर्व तथ्यांक अनुसार नेपालमा मासिक ५-६ लाख active users रहेकोमा अहिले मासिक ७-८ लाख active users हरु नेपालबाट फेसबुकमा छन्।

अब के त?

मुख्य कुरा videoको demand बढ्दो छ, राजनीतिक दलहरुले यसको भरपुर प्रयोजन गर्नेछन् भन्ने हामीलाई लाग्छ। बढ्दो इन्टरनेट पहुँच र बढ्दो इन्टरनेट speedले video consume गर्न अझ सजिलो बनाएको छ। लाइभ भिडियोहरु आझ प्रचलनमा आउने छन्। अल्पसंख्यकहरुले आवाज पाउने छन्। अझ सामाजिक संजालमा unregulated and unverified information समेत धेरै हुने भएको हुनाले प्रयोगकर्ताहरु सचेत भने हुनुपर्ने छ।

२०११मा Nepali Times पत्रिकाले नेपाली राजनीतिज्ञहरुले सामाजिक संजाल नबुझेको भन्ने टिप्पणी गरेको थियो। के स्थितिमा अझै उस्तै छ त? समयले अवस्य बताउनेछ..

यसमा तपाईको यसमा राय के छ?? तल कमेन्टमा उल्लेख गर्नु होला..

Arjan KC
Arjan KC
https://www.arjankc.com.np/

We use cookies to give you the best experience. Cookie Policy